नाम्ची: राज्यको सत्तारूढ़ दल एसकेएम पार्टीको समन्वय बैठक नाम्ची जिल्लाको पोकलोक कामराङ समष्टिमा सम्पन्न भयो। पूर्व विधायक एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उपाध्यक्ष भोजराज राईको अध्यक्षतामा सम्पन्न सभामा शहरी विकास विभागीय अध्यक्ष केबी राई, जिल्ला स्तरीय समितिका पदाधिकारीगण, समष्टि स्तरीय समितिका पदाधिकारीगण, कार्यकर्ताहरू अनि समष्टिका जिल्ला अनि ग्राम पञ्चायतगणको उपस्थिति रहेको थियो।

उक्त सभामा राज्यको वर्तमान राजनीतिक परिवेशमाथि छलफल गरियो। आ-आफ्नो स्थानबाट कसरी सरकारलाई सहयोग पुऱ्याउन सकिन्छ भन्नेबारे बैठकमा गम्भीर चर्चा भयो।









