वित्तीय साक्षरता केन्द्रको विधिवत्‌ उद्घाटन

photo

सोरेङः सोरेङ जिल्लाअन्तर्गत मङ्गलबारेमा आज वित्तीय साक्षरता केन्द्रको विधिवत्‌ उद्घाटन गरियो। मङ्गलबारे खण्ड प्रशासन केन्द्रका खण्ड विकास अधिकारी रबिन दोङको बाहुलीबाट सो केन्द्रको उद्घाटन गरियो। मुख्य अतिथिका रुपमा उपस्थित मङ्गलबारे खण्ड प्रशासन केन्द्रका खण्ड विकास अधिकारी रबिन दोङले आफ्नो मन्तव्यमा यस केन्द्रले भविष्यमा ब्याङ्किङसँग सम्बन्धित जनकल्याणकारी कार्यक्रमहरूको बारेमा स्थानीय आम जनता लाभान्वित बनाउने विश्वास प्रकट गरे। उनले नवनियुक्ति केन्द्र प्रबन्धक सबिन राईलाई पनि हार्दिक धन्यवाद दिए।

उल्लेखनीय छ, दोस्रो चरणको ६-वटा वित्तीय साक्षरता केन्द्रहरूमा मङ्गलबारेमा प्रथमचोटि उद्घाटन गरिएको छ। अन्य ५ वित्तीय साक्षरता केन्द्रहरू पनि चाँडै उद्घाटन गरिने बताइएको छ। यस वित्तीय साक्षरता केन्द्रले कलुक, मङ्गलबारे अनि बैगुने खण्ड प्रशासन केन्द्रहरूमा वित्तीय साक्षरता अनि वित्तीय समावेश विषयमाथि काम गर्नेछ। सोरेङ जिल्ला महत्वाकांक्षी जिल्ला भएको कारण यहाँ वित्तीय साक्षरता र वित्तीय समावेशमाथि बढीभन्दा बढी काम गर्नुपर्ने कुरा एसबीआई गान्तोकका लिड ब्याङ्क म्यानेजर गोपाल लामाले बताए। लामाले केन्द्र खोल्नुको मुख्य उद्देश्यर यस केन्द्रबाट जनसाधारणहरूले कसरी फाइदा उठाउन सक्छन्‌ भन्ने विषयमा जानकारी गराएका थिए। यस सम्बन्धमा नाबार्ड गान्तोकका एजीएम रुपेन लामिछानेले पनि कृषिसँग सम्बन्धित धेरै विषयहरुमाथि जानकारी गराए। आज उद्घाटन गरिएको सो केन्द्रले निकट भविष्यमा यहाँका स्थानीय जनमानसमा के-कस्तो सेवा र योगदान पु-याउने छ भन्ने बारेमा क्रसिल फाउन्डेसन सिक्किमका क्षेत्र प्रबन्धक हेमकुमार छेत्रीले जानकारी गराए। मुख्य अतिथिको बाहुलीबाट नव नियुक्त केन्द्र प्रबन्धक सबिन राईलाई नियुक्ति पत्र प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement