भाजपाका राष्ट्रीय अध्यक्ष जेपी नड्डाले आइतवारदेखि चुनाउ प्रचार आरम्भ गर्ने

35699b19-feff-4cb1-a6fe-9decdd83d346

कोलकताः पश्चिम बंगालमा आगामी केही दिनभित्रमा सम्पन्न हुने पञ्चायत चुनाउलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीका राष्ट्रीय अध्यक्ष जेपी नड्डाले आइतवारदेखि चुनाउ प्रचार आरम्भ गर्नेछन्‌। प्रदेश भाजपाको पक्षबाट उक्त आशयको जानकारी गराउँदै भनिएको छ, आगामी १२ फरवरीको दिन नड्डा कोलकाता आउनेछन्‌। यहाँ आएपछि उनले सबैभन्दा पहिला पार्टी कार्यकर्ताहरूसित बैठक गर्नेछन्‌। त्यसपछि उनको दुईवटा जनसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भाजपा अध्यक्षले आफ्नो एक दिवसीय भ्रमण अवधि पूर्व बर्दवान र पूर्व मेदिनीपुरमा आयोजना हुने जनसभाहरूलाई सम्बोधन गर्नेछनअ। आइतवार बिहान कोलकता एयरपोर्टबाट उनी सोझै बर्धमान जानेछन्‌ र त्यहाँ उनले काली मन्दिरमा पूजा-अर्चना गर्नेछन्‌। त्यसपछि कटवामा जनसभा गर्नेछन्‌। जनसभापछि पार्टी नेताहरूसित बैठक गर्नेछन्‌। त्यसपछि दिउँसो पूर्व मेदनीपुरमा आयोजना हुने जनसभामा भाग लिनको लागि प्रस्थान हुनेछन्‌। त्यहाँ पनि जनसभापछि पार्टी कार्यकर्ता एवं नेताहरूसित उनको बैठक हुनेछ। त्यसपछि हेलीकएरको माध्यमबाट कोलकाता हवाईअड्डा पुग्नेछन्‌ र त्यसै दिन अबेर साँज उनी दिल्लीको निम्ति प्रस्थान हुनेछन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement