चामलिङ किन विधानसभालाई सामना गर्न सक्दैनन्‌: सीपी शर्मा

IMG_20230210_224533.jpg

गान्तोकः मुख्यमन्तीका प्रेस सल्लाहकार एवं एसकेएम पार्टीका प्रवक्ता सीपी शर्माले एक विधायकको जिम्मेवारी भनेको विधानसभामा आफ्नो तर्क राख्नु हो या विधानसभाबाट भागेर पार्टी अफिसबाट कम्फरेन्स गर्नु हो भनी एसडीएफ अध्यक्ष एवं विधायक पवन चामलिङलाई प्रश्न गरेका छन्‌।

प्रवक्ता शर्माले ९ फरवरीको दिन विधानसभाको विशेष सत्रमा नाम्ची सिग्ङिथाङका विधायक पवन चामलिङको पनि अपूरो उपस्थिति देखापर्यो प्रेस विज्ञप्तिमा बताएका छन्‌। उनले एसडीएफको सरकार ढलेर एसकेएम पार्टीको सरकार गठन भएपछि पूर्व मुख्यमन्ती चामलिङको विधानसभामा थोरै उपस्तिथि देखाएको बताएका छन्‌। उनले भने छन्‌, ‘उनी झल्याकझुलुक विधानसभामा देखा परे पनि दिनभरि कहिल्यै बस्न सकेनन्‌। उनी विधानसभा बस्दैनन र बसिहाले पनि पूरा बस्दैनन बरु प्रेस कन्फरेन्स गर्छन्‌।’

उनले चामलिङको अनुपस्थितिप्रति प्रश्न गर्दै सोधेका छन्‌, उनी किन विधानसभालाई सामना गर्न सक्दैनन्‌? कहिँ उनलाई आफूले गरेका गलत कामहरूको खुलासा हुने डर कै कारण त होइन? पीएएस गोलेमाथि मार्सल चाम्लिङकै सरकारमा लाएर विधानसभाबाट घसेटियो। तर आज उनी विधानसभाको सामना गर्न विफल हुनुको पछि घर साँडे बन बिरालोको उखान प्रमाणित भएको देखा परेको छ। उनले अझ भनेका छन्‌, विधानसभामा लज्जित बनेर बाहिरीएपछि प्रेस कन्फरेन्स गर्नु कायरता सिवाय केही होइन। सर्वोच्चले सुनाएको फैसलामा आपत्ति जनाएर पुनर्विचारमाथि आफ्नो पक्षमा कुरा राखेको करिब १५ दिनमै सो कलंक हटाउन सरकार सफल बन्यो, जनता सफल बने यसपाली। किन चाहेनन चाम्लिङले उनको सत्ताभरी ? किनकि, विदेशबाट मान्छे भित्र्याएर जाती विभाजन गर्दै राजनीति गरेका चामलिङ्ग्लाई जनताको अस्तित्वप्रति किन्चित चिन्ता नरहेको प्रमाण बन्न गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement