१६औं सुकना गोल्ड कप: युनाइटेड एफसी दार्जीलिङ सेमिफाइनलमा

CollageMaker_2023210203520651.jpg

१० फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा युनाइटेड एफसी दार्जीलिङले सेमिफाइनलमा स्थान बनायो। शुक्रवार सुकना हाई स्कूल मैदानमा भएको पहिलो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले रोयल फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोनिक राईले १३औं र सुजन तामाङले ४६औं मिनटमा गोल गरे। यसरी नै रोयल एफसी-बाट राणा रोयले ३८औं मिनटमा गोल गरे। युनाइटेड एफसी दार्जीलिङका सुजन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र कालेबुङको युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.४५ बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement