संसदमा सांसद राजु बिष्टले उठाए जनजातिको मर्यादा झट्टै बहाल गर्ने माग  

00-Raju-Bista-2

सिलगढी: आज संसदमा सांसद राजु बिष्टले भारतीय गोर्खाहरू प्रति भएको अपमानको बारेमा उल्लेख गरेका छन्l यस बारेमा उनले जानकारी दिँदै भने, ‘मैले संसदलाई बताएँ, २३ जनवरी २०२३ को दिन रिट पिटिसन (सी) सन् २०१३ को न० ५९ को फैसलामा सर्वोच्च आदलतले  ‘विदेशी मूलका व्यक्ति नेपालीहरू जस्ता सिक्किममा बसोबास गर्छन्’ (The Person of foreign origin settled in Sikkim like the Nepalis)  भनेर नेपाली भाषी गोर्खा समाजमाथि आपत्तिजनक टिप्पणी गरिएको छ। यो अपमान सिक्किमका जनताको मात्रै नभएर भारतमा बसोबास गर्ने १.५ करोड.5 crore गोर्खा नागरिकहरूको अपमान होl’

उनले अझ प्रश्न गर्दै भने, ‘मैले सदनलाई सोधें, आखिर यस देशमा बसोबास गर्ने डेढ करोड़ भारतीय गोर्खा को हुन्?  के हो उनीहरूको पहिचान? हामी बोर्डर पार गरेर आएका होइनौं, बोर्डरले हामीलाई पार गरेको होl यस तथ्यलाई सदनमा प्रस्तुत गर्दै भारत सरकारसँग गोर्खा समाजलाई घरि-घरि विदेशी भनेर लाग्ने यस कलंकलाई जरैबाट समाप्त गर्न छुटिएका ११ गोर्खा जातिको खोसिएको जनजातिको मर्यादा झट्ट भन्द झट्ट बहाल गर्न निवेदन गरेंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement