गोर्खाल्याण्डको लागि एक हुने अजय एडवाडर्सको आहवान

00-1-IMG-20230210-WA0150

दार्जीलिङ: अलग राज्य गोर्खाल्याण्डको लागि एकवद्ध हुनू जरूरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस बताएका छन्हो। गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रियव्यापी बनाउनका लागि  आजदेखि दिल्लीमा तीन दिवसीय राष्ट्रिय संगोष्ठी शुरु भएको छ। संगोष्ठीमा सम्बोधन गर्ने क्रममा अजय एडवाडर्सले भने, ‘हाम्रो पार्टी गठन गरेपछि हामी गाउँहरूको भ्रमण गर्दा आन्दोलन कालका पीडित परिवारहरूलाई भेट्ने मौका पायौं। जसमा सन् १९८६ 86 को गोर्खाल्याण्ड आन्दोलन बाहेक सन् २०१३ र सन् २०१७ को आन्दोलनका पीडितहरूलाई पनि भेटने मौका पायौं। यस अवधि हामीले एकजना वृद्ध व्यक्तिसँग भेट्ने मौका पायौं, उनको खुट्टा नक्कली थियोl हामीले उनीसँग सोध्दा सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा माकपामामा रहेको बताएl गोर्खाल्याण्ड आन्दोलन कालमा उनको आफ्नै आफन्तको छोराले जाति विरोधीको लान्छना लगाउँदै मार्न आएको बताएl त्यस बेला ज्यान बचाएर भाग्दा पछिबाट प्रहार गर्दा खुट्टा गुमाउनु परेको उनले बताएl’ उनले भने, ‘सन् २००७ को गोर्खाल्याण्ड आन्दोलनको समयमा मेरो साथी मन घिसिङको बाबा सुवास घिसिङ् गोरामुमोको संस्थापक अध्यक्ष थिए। त्यस अवधि मेरो साथी मन घिसिङको घर लथालिङ्ग बनाउँदा म मेरो साथीसँग संग खडा हुँदा मलाई मेरै दाजुभाइहरूले जाति विरोधी ,माटो विरोधीको संज्ञा दिएl मैले सात वर्षसम्म विस्थापितको जिन्दगी बिताउन परेको थियोl’ उनले आफू दार्जीलिङलाई धेरै माया गर्ने व्यक्तिहरू मध्ये एकजना रहेको बताएl अजय एडवार्डसले अझ भने, ‘नेपाली भाषाले मान्यता पाएको दिन अन्जुली शर्माको घरमा  ढुङ्गा हानेको थियोl नेपाली भाषा मान्यताको आन्दोलनमा अन्जुली शर्माको बाबु सुदर्शन शर्मा शहीद भएका थिए। गोर्खाहरूले आजसम्म पाएको उपलब्धीहरू मध्ये नेपाली भाषा मान्यता एउटा होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement