सिलगढीमा मेयर्स कप भलिबल टुर्नामेन्ट शुरू

Untitled-1-copy-20

सिलगढी: सिलगढीमा मेयर्स कप भलिबल टुर्नामेन्ट शुरू भएको छ। सिलगढी नगरनिगमको तर्फबाट आज सिलगढी कलेजको मैदानमा मेयर्स ‘कप भलिबल टुर्नामेन्ट शुरू भएको छ। उक्त टुर्नामेन्टमा ५ वटा महिला टोली,५ वटा पुरुष टोलीले अंश ग्रहण गरेको छ। यी १० वटा टोलीमध्ये ८ वटा टोली कोलकाताबाट आएको छ। उक्त टुर्नामेन्टमा दिनरात गरेर मोठ १३ वटा म्याच खेलाइनेछ। उक्त टुर्नामेन्टमा कोलकाताका ७ जना र सिलगढीका ८ जना रेफरी रहनेछ।

महिला टोलीमा कल्याण परिषद र मोगरा भलिबल एकाडेमी अनि पुरुष टोलीमा चेतला अग्रणी क्लब र जीटीएससी टोलीको खेलबाट टुर्नामेन्टको शुरूआत गरियो। उक्त टुर्नामेन्ट आगामी १२ फरवरीसम्म चल्नेछ। आगामी १२ फरवरीमा सम्पन्न हुने फाइनल खेलमा विजयी टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement