सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना शिविर आयोजना गरेको छ

IMG-20230210-WA0051.jpg

उत्तर दिनाजपुर: इटहार प्रहरी चौकी ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटना न्यूनीकरण र मृत्युदर घटाउनका लागि बस, मिनिबसलगायत साना सवारी साधनका चालकसँग शुक्रबार सचेतना शिविर आयोजना गरेको छ। उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज प्रहरी चौकीको निर्देशनमा र इटहार प्रहरी चौकी ट्राफिक प्रहरीको सहयोगमा चौरङ्गी मोड क्षेत्रमा रहेको बस टर्मिनस परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। इटहार प्रहरी चौकीका ट्राफिक ओसी कौशिक डेको नेतृत्वमा लगभग ५० बस, मिनिबस र साना गाडीका चालकको सहभागितामा यो सचेतना शिविर आयोजना गरिएको हो। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा सडक दुर्घटनाबाट हुने आम जनताको मृत्युको संख्या घटाउन राज्यमा ‘सेफ ड्राइभ सेभ लाइफ’ कार्यक्रम सुरु गरिएको हो। यो कार्यक्रम सुरु भएसँगै बंगालमा सडक दुर्घटनामा उल्लेख्य कमी आएको छ। आजको सचेतना कार्यक्रममा तीब्र गतिमा सवारी चलाउन नहुने, ओभरटेक नगर्ने, ट्राफिक नियम लगायतका महत्वपूर्ण विषयमा चालकहरूलाई जानकारी गराइएको थियो। दिनभरी चलेको कार्यक्रममा इटहार प्रहरी चौकीका प्रमुख ट्राफिक ओसी कौशिक डे, ट्राफिक प्रहरी अधिकृत उत्तम मिस्त्रीलगायत ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement