उत्तर दिनाजपुर: गोलपोखर प्रहरी चौकी इलाकाको पञ्जीपाडास्थित मकैबारीबाट अपरिचित युवकको रगतले लतपतिएको शव फेला परेको छ। युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको स्थानीय बासिन्दाले बताएका छन्। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीय स्रोतका अनुसार आज बिहान मकैबारीमा रगतले लतपतिएको अवस्थामा युवकलाई मानिसहरुले फेला पारेका थिए। त्यो युवकको छेउमा एउटा बाइक थियो। खबर पाएलगत्तै त्यहाँका मानिसहरू भेला हुन थाले। खबर पाएपछि गोलपोखर प्रहरी चौकी पञ्जीपाडाको प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले शव बरामद गरी पोष्टमार्टमका लागि उपजिल्ला अस्पताल इस्लामपुर पठाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।










