गत वर्ष धेरै मानिसहरूले भारतीय नागरिकता त्यागेको विदेशमन्त्री एस जयशंकरको भनाइ

विदेश मन्त्री एस जयशंकर l फाइल फोटो

नयाँ दिल्ली: केन्द्र सरकारले बिहीबार (९ फरवरी) मा गएको १२ वर्षमा १६ लाखभन्दा बढीले भारतको नागरिकता त्यागेर अर्को देशको नागरिकता लिएको बताएको छ। जसमध्ये गत वर्ष अर्थात २०२२ मा सबैभन्दा बढी २ लाख २५ हजार ६२० जनाले नागरिकता त्यागेका छन्। योसँगै सन् २०२० मा ८५ हजार २५६ जनाले सबैभन्दा न्यून नागरिकता त्यागेका छन्। विदेश मन्त्री एस जयशंकरले राज्यसभामा प्रश्नकालमा एक प्रश्नको जवाफमा यो जानकारी दिएका हुन्। उनले सन् २०१५ मा १ लाख ३१ हजार ४८९ जनाले भारतको नागरिकता त्यागेको बताए। सन् २०१६ मा १ लाख ४१ हजार ६०३ र २०१७ मा १ लाख ३३ हजार ४९ जनाले भारतको नागरिकता त्यागेका थिए।

विदेशमन्त्री जयशंकरका अनुसार सन् २०१८ मा १ लाख ३४ हजार ५६१, २०१९ मा १ लाख ४४ हजार १७, २०२० मा ८५ हजार २५६ र २०२१ मा १ लाख ६३ हजार ३७० जनाले भारतको नागरिकता त्यागेका थिए। एउटा राष्ट्रिय समाचार संस्थाका अनुसार विदेशमन्त्री एस जयशंकरले सदनमा सन्दर्भको रूपमा प्रधानमन्त्री मनमोहन सिंह सरकारको समयमा पनि तथ्याङ्क दिए। उनले सन् २०११ मा १ लाख २२ हजार ८१९, २०१२ मा १ लाख २० हजार ९२३, २०१३ मा १ लाख ३१ हजार ४०५ र २०१४ मा १ लाख २९ हजार ३२८ जनाले भारतको नागरिकता त्यागेको बताए। सन् २०११ देखि हालसम्मको तथ्यांकअनुसार १६ लाख ६३ हजार ४४० जनाले भारतको नागरिकता त्यागेका छन्। उनले संसदमा १३५ देशको सूची पनि दिए, जहाँ मानिसहरूले नागरिकता लिएका छन्। उनले पछिल्लो तीन वर्षमा पाँच जनाले युएईको नागरिकता लिएको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement