१० फरवरीः भारत र अष्ट्रेलियाबीच चारवटा टेस्ट म्याचको सीरीज ( बोर्डर-गावस्कर ट्रफी)-अन्तर्गत पहिलो टेस्ट म्याच नागपुरमा चलिरहेको छ। टेस्ट म्याचको पहिलो दिन अष्ट्रेलियाई टीम केवल १७७ रनमा अलआउट भयो अनि भारतीय स्पिनर रविन्द्र जडेजाले ५ विकेट हासिल गरे। म्याचको पहिलो दिन जडेजालाई औंलीमा केही लगाइरहेको भीडियो भायरल भएको थियो। त्यस भीडियोको आधारमा अष्ट्रेलियाई मीडियाले जडेजामाथि बल टेम्परिंगको आरोप लगाएको थियो। त्यस मामिलामा भारतीय टीम म्यानेजमेण्टले एउटा बयान जारी गरेको छ। म्याचको अवधि जडेजाले आफ्नो औंलीमा पीढ़ा कम्ती गर्ने क्रीम लगाएको भारतीय टीम म्यानेजमेण्टले आईसीसी म्याच रेफरी एण्डी पाइक्रफ्टलाई सूचित गरेको छ। भीडियोमा स्पिनर जडेजालाई मोहम्मद सिराजको हत्केलाको पछिबाट कुनै पदार्थ निकालेर आफ्नो बलिंग गर्ने औंलीमा लगाइरहेको देखिएको छ। अष्ट्रेलियाको पहिलो ईनिंग्समा जडेजाले ४७ रन खर्च गरी ५ विकेट लिएका थिए।









