पहाडको विकासबारे कोलकातामा छलफल गरेर फर्किए अनित थापा

00-Anit-Thapa-NJP

टीआरआई समाचार  

सिलगढी: पहाडको समग्र विकासलाई लिएर राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीसँग धेरै छलफल गरिएको जीटीएका मुख्य कार्यपाल अनित थापाले शुक्रबार बिहान एनजेपी रेलवे  स्टेशनमा पत्रकारहरूलाई बताएl अनित थापा भर्खरै पहाडका जल्दाबल्दा विषयहरू बारेमा  छलफल गर्न राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट्न कोलकाता गएका थिए। मुख्यमन्त्रीसँग जीटीएको क्षमता बढाउनेलगायत लीजको विषयमा छलफल गरिएको छl छलफल निक्कै फलपरद भएको उनको भनाइ छ। स्थायी राजनीतिक समाधान पहाडको समग्र विकास नै पहाडको समाधान भएको उनले बताए। उनले भने, ‘त्यही लक्ष्यमा काम गरिरहेको छुl जमीनको अधिकारको मुद्दालाई पार लगाएका छौंl स्थायी राजनैतिक समाधान (पीपीएस) जसले भन्दैछन् त्यो के हो भनेर उनीहरू स्वयंलाई थाहा छैन। तर मेरो पीपीएस भनेको घर घरमा पानी, पहाडमा सुव्यवस्थित शिक्षा प्रणाली, स्वास्थ्य व्यवस्था ठीक हुनुपर्छ,  बाटो ठीक हुनुपर्छ, जमीनको अधिकार पाउनुपर्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement