सयभन्दा अधिक म्याच फीक्सिंग गर्ने खेलाड़ीमाथि आजीवन प्रतिबन्ध

IMG-20230210-WA0000.jpg

१० फरवरीः मोरक्कोका एकजना पूर्व टेनिस खेलाड़ीमाथि म्याच फीक्सिंगको १३५ मामिलाहरूमा दोषी पाइएपछि बिहीवार आजीवन प्रतिबन्ध लगाइयो। अन्तर्राष्ट्रिय टेनिसको इण्टिग्रिटी एजेन्सीले बताएअनुसार, यो कुनै एकजना व्यक्तिद्वारा फीक्सिंगको अपराधहरूको सबैभन्दा ठूलो संख्या हो। युगल ऱ्याङकिंगमा ४७३औं स्थानमा रहने यूनुस राचिदीलाई एटीपी र डब्ल्यूटीए-द्वारा स्वीकृत कुनै पनि टेनिस कार्यक्रममा खेल्न, कोचिंग दिन अनि भाग लिनदेखि प्रतिबन्धित गरिएको छ। उनीमाथि ३४,००० अमेरिकी डलरको जरिमाना पनि लगाइएको छ। भ्रष्टाचार रोधी सुनुवाई अधिकारी जेनी सौब्लियरेले ३६ वर्षीय राचिदी विरुद्ध सबै आरोप साबित भएको फसेला सुनाए। इण्टिग्रिटी एजेन्सीले बताएअनुसार, राचिदी अल्जीरियाका दुईजना खेलाड़ीसँग म्याच फीक्सिंगमा सामेल थिए, जसलाई हालै बेल्जियममा जाँचपछि प्रतिबन्धित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement