कोविड़ भारत: कोरोनाक ११४ नयाँ मामिला, २ जनको मृत्यु

COVID_Model_AP-1.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ११४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८३,८६२ पुगेकाे छ। विगत २४ घण्टामा उत्तर प्रदेशमा दुई जनाको मृत्यु भएसँगै, देशमा मृत्यु हुनेको संख्या ५,३०,७५० पुगेको छ। यसरी नै यस अवधिमा ९६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५१,३१५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,७९७ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.०८ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०८ प्रतिशत रहेकाे छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३८,८२० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,६६,८८,०३० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७९,५२९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६२,६०,७८४ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement