कोविड़ सिक्किम: ११० जनाले गरे कोरोनाको जाँच

IMG_20220324_153250.jpg

गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला शून्य रहेको छ। आज पनि राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी रिपोर्टबाट प्राप्त जानकारी अनुसार, मोठ ११० वटा नमूना जाँच गर्दा कोरोनाभाइरसको एउटै पनि नयाँ मामिला फेला परेको छैन। सबै नमूनाको रिपोर्ट नेगेटिव आएको छ। जसमा गान्तोक जिल्लाबाट १०३ जना, पाकिमबाट ५ जना र सोरेङ जिल्लाबाट २ नमूना जाँचको निम्ति पठाइएको थियो। यसरी निरन्तर कोरोनाको नयाँ मामिलामा ह्रास आएपछि गत एक हप्ताभित्रमा राज्यमा कोरोनाको पोजिटिविटी दर केवल ० प्रतिशत रहेको छ। कोरोना शुरुभएदेखि हालसम्म राज्यमा ४४ हजार ३२२ जना संक्रमित बनिसकेका छन् भने ४३ हजार ३९ जना कोरोनामुक्त बनिसकेका छन्। हालसम्म यस भाइरसबाट ४९९ जनाले ज्यान गुमाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement