११ जूनः यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा फ्रान्सले निराशाजनक प्रदर्शनको क्रम जारी राख्यो भने क्रोएशिया चाहिँ जीत हासिल गर्न सफल भयो। गत केही समयदेखि खराब लयमा रहने वर्तमान विश्व च्याम्पियन फ्रान्स यसपाली अष्ट्रिया विरुद्ध १-१-को ड्र-मा अल्झियो। ग्रुप ए-को म्याचमा ६८ प्रतिशत पोजेशनको साथ खेले पनि फ्रान्स लगभग अन्तिम समयसम्म १ गोलले पछि रहेको थियो। एण्ड्रिएस विमेनले ३७औं मिनटमा अष्ट्रियालाई बढ़त दिलाए। त्यसपछि स्टार स्ट्राईकर कीलियन एम्बाप्पेले ८३औं मिनटमा गोल गरी फ्रान्सलाई हारको सम्मुखीन हुनदेखि बचाए। यसै ग्रुपको अन्य एउटा म्याचमा क्रोएशियाले लयमा रहने डेनमार्कलाई १-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट एकमात्र गोल मारियो पासिलिचले ६९औं मिनटमा छिराए। यस ग्रुपमा डेनमार्क ३ वटा म्याचमा ६ पोइण्टको साथ पहिलो स्थानमा रहेको छ। त्यसपछि ४-४ पोइण्ट भए पनि गोल अन्तरको आधारमा अष्ट्रिया दोस्रो र क्रोएशिया तेस्रो स्थानमा रहेको छ। अहिलेसम्म एउटा म्याच पनि नजित्ने फ्रान्स चाहिँ २ पोइण्ट लिएर चौथो स्थानमा रहेको छ। ग्रुप एफ-मा इज्रायलले अल्बानियालाई २-१-ले पराजित गऱ्यो।