गान्तोक: असमको राजधानी गुवाहाटीमा आयोजित दुई दिवसीय सम्मेलनमा सिक्किमले पनि सहभागिता जनाएको छ। एसेसिएसन अफ च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री अफ इण्डियाको वार्षिक कार्यक्रम अन्तर्गत भएको सो कार्यक्रममा सिक्किम सरकारको तर्फबाट पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तव सहभागी थिए। यस अवसरमा सिक्किमलाई टुरिज्म लिडर्शीप अवार्डद्वारा सम्मानित गरिएको थियो। सम्मेलनमा सिक्किमको तर्फबाट प्रदर्शनीमा पनि भाग लिइएको थियो।