मुख्यमन्त्री पीएस गोलेलाई रम्फूमा भव्य स्वागत

CollageMaker_2023292226814.jpg

गान्तोक: सिक्किमेहरूको निम्ति एउटा ऐतिहासिक क्षणसँगै आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गृह राज्य फर्किए। सर्वोच्च न्यायलयले गत १३ जनवरी एउटा आदेश पत्रमा सिक्किमे नेपालीहरूलाई विदेशीको लाञ्छना लगाएको विषयलाई हटाउने पहल गर्नको निम्ति गत केही दिनदेखि देशको राजधानी दिल्लीमा थिए। उक्त विषयमा उनले दिल्लीमा रहेको गृहमन्त्री अमित शाह, कानुन मन्त्री किरेण रिजुजु, वरिष्ठ अधिवक्ता हरिष शाल्वे लगायत अन्यसँग भेट गरेर यो विषयमा चर्चा गर्दै परामर्ष लिएका थिए। सोही अन्तर्गत हिज सर्वोच्च न्यायलयले उक्त पर्यवेक्षणबाट सिक्किमका मुलवाशी नेपालीमाथि लागेको विदेशीको लाञ्छना हटाउने निर्णय लिएको थियो। सोही महत कार्यलाई मुहुर्त रुप दिएर राज्य फर्किएका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आज सिक्किमको प्रवेशद्वार रम्फूमा भव्य स्वागत जाइयो। उनलाई स्वागत जनाउन प्रवेशद्वारमा वरिष्ठ मन्त्री कुङ्गा निमा लेप्चा, मन्त्री सोनाम लामा, मन्त्री लोकनाथ नेपाल, मन्त्री एमएन शेर्पा, मन्त्री भीमहाङ लिम्बू, मन्त्री सञ्जित खरेल, विधायगण अदित्य गोले, सुनिगा गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, अतिरिक्त राजनीतिक सचिवगण, अध्यक्षगण, सल्लाहकारहरू अनि आम सिक्किमे नागरिकको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement