थन्डरबोल्ट युनाइटेड एफसीको जर्सी सार्वजनिक

IMG-20230209-WA0127.jpg

गान्तोक: राज्यमा सम्पन्न भइरहेको सिक्किम प्रिमियर लीग २०२३को निम्ति थन्डरबोल्ट युनाइटेड एफसीले आज टीमको जर्सी सार्वजनिक गरेको छ। उल्लेखनीय छ, गत ३० जनवरीदेखि राज्यमा शुरू भएको सिक्किम प्रिमियर लीगमा कूल ८ वटा टोलीले सहभागिता जनाएको छ। राज्यमा प्रथमपल्ट सिक्किम प्रिमियर लीगको आयोजना सिक्किम फुटबल क्लब डेभलोपमेन्ट प्राइभेट लिमिटेडद्वारा गरिएको हो। उक्त खेलको उदघाटन राज्यमा मुख्यमन्त्री प्रेम सिंह तामाङले गरेका हुन् हुन्। यसै क्रममा आज वन विभाग मन्त्री कर्मा लोडेको उपस्थितिमा क्लबको जर्सी सार्वजनिक गरिएको हो। मन्त्री भोटियालाई क्लबको प्रमुख संरक्षककोरूपमा मनोनित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement