गान्तोक: तादोङस्थित प्रेस क्लब अफ सिक्किमको भवनमा आज सिक्किम महिला पत्रकार संघको २१औं स्थापना दिवस पालन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिङतामकी समाज सेविका पेमा शेर्पा, उपस्थित थिइन भने विशिष्ठ अतिथिमा दिपीका लेप्चा, सिक्किम महिला पत्रकार संघकी पूर्व अध्यक्ष राधा प्रधान थिइन्। यसका साथै संघकी अध्यक्ष धनमाया न्यौपाने, महासचिव भावना छेत्री, सम्पादिका ‘वसुन्धरा’ इन्दिरा छेत्रीसहित अन्य पदाधिकारीको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा संघकी अध्यक्ष धनमाया न्यौपानेले स्वागत सम्बोधन गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै संस्था भनेको हाम्रो घर हो र सबै सदस्यहरू मिलेर काम गरौं भन्ने अपील गरिन्।सोही प्रकारले संघकी पूर्व अध्यक्ष राधा प्रधानले संघले पञ्जीकृत गराउन र सदस्यहरू अनि अन्य गतिविधि, समाज सेवा गरेको अनुभव राखिन्। संघले गर्नुपरेको कामलाई निरन्तरता दिनुपर्नेमा जोर दिइन। कार्यक्रमलाई एचके खवास, सुषमा छेत्री, कार्यक्रम अधिकारी पासाङकित लेप्चाले आ-आफ्ना मन्तव्य राखेका थिए।