दार्जीलिङ: गोर्खाल्याण्डको कमर्ठ समर्थक अञ्जली शर्माले समाए हाम्रो पार्टीको झण्डा। आज साँझ पखा सिलगढीमा गोर्खाल्याण्डको कमर्ठ समर्थक अञ्जली शर्माले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भए। पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डसले अञ्जली शर्मालाई पार्टीमा न्यानो स्वागत जनाए। यस अवधि पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राई, लाडुप घिसिङ,पार्टी प्रवक्ता श्याम गौतम, रूवेन दास प्रधान आदि थिए। पार्टी अध्यक्ष अजय एडवार्डसले भने, ‘छुटटै राज्य गोर्खाल्याण्डको गठनले मात्र भारतीय गोर्खाहरूमाथि लाग्ने गरेको लान्छनाहरूलाई मेटाउन सक्छ, त्यसकारण हामी सबै एकवद्ध भएर छुटटै राज्य गोर्खाल्याण्ड प्राप्तिको दिशामा अधि बढ्ने आहवान गर्योl’