विधायक जिम्बाद्वारा स्थानीय विकास योजनाअन्तर्गत कल्याणकारी योजनाहरु तीब्र गतिमा

00-1-IMG_20230209_194900

सिलगढी: विधायक निरज जिम्बाले स्थानीय विधायक क्षेत्र विकास  योजनाअन्तर्गत कल्याणकारी योजनाहरु अघि बढाइरहेका छन्। विधायक इलाका उन्नयन प्रकल्प योजनाअन्तर्गत स्थानीय विधायक क्षेत्र विकास योजना कोषबाट बिजनबारी पुलबजार खण्ड विकास क्षेत्राधिकारअन्तर्गत बिजनबारी हरसिङ हट्टामा रहेको रत्नमाया स्मारक सामुदायिक भवनको शौचालयको  मरम्मत कार्य सम्पन्न भएको विधायक निरज जिम्बाले जानकारी दिएका छन्। यस कार्यको निम्ति दुई लाख रुपियाँको अनुमानित राशि खर्च भएको विधायक जिम्बाले बताएका छन्।

यसैक्रममा भीर कोठी एकता संघ ह्याप्पी भेल्लीमा संरक्षण पर्खालको कार्य सफलतापूर्वक सम्पन्न भएको छ। विधायक इलाका उन्नयन प्रकल्प योजनाअन्तर्गत स्थानीय इलाका विधायक क्षेत्र विकास योजना वर्ष २०२१/२२ कोषबाट बिजनबारी पुलबजार खण्ड विकास क्षेत्राधिकारअन्तर्गत बनिएको संरक्षण पर्खाल को निम्ति दुई लाख पचास हजार अनुमानित राशि खर्च भएको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement