आरबीआईले शुरु गर्यो क्यूआर कोड आधारित सिक्का निकाल्ने मेसिन

00-1-RBI

नयाँ दिल्ली: भारतीय रिजर्व बैंक (आरबीआई) द्वारा नयाँ नियम लागू गरेपछि, नक्कली नोटहरू चलनबाट बाहिर हुने अपेक्षा गरिएको छ। आउँदो दिनमा यसबाट पूर्णरुपमा मुक्ति हुने अपेक्षा गरिएको छ। आरबीआईका डेपुटी गभर्नर टी रवि शंकरले सिक्का निकाल्ने मेसिनहरूमा नक्कली नोटहरू घुसाउने घटनाहरूलाई ध्यानमा राख्दै युपीआई आधारित विकल्प अपनाउने निर्णय गरिएको बताए। यी मेसिनमा राखिएको पैसा धेरै अवस्थामा नक्कली भएको पाइएपछि समस्या भएको उनले बताए। त्यही भएर यो मुद्दा बनेको हो।

यसैलाई ध्यानमा राख्दै आरबीआईले अर्को विकल्पमा विचार गर्न थालेको शंकरले बताए। धेरै व्यक्तिहरूले मोबाइलहरू प्रयोग गर्छन्, जसको माध्यमबाट क्युआर कोडहरू ‘स्क्यान’ गर्न सकिन्छ, जसलाई युपीआईमा लिङ्क गर्न सकिन्छ। यस मार्फत रुपियाँको भौतिक प्रयोग नगरी भेन्डिङ मेसिनबाट सिक्का निकाल्न सकिन्छ। देशमै मेसिनको विकास भइसकेको उनले बताए। यो नयाँ प्रणालीले सिक्का वितरणमा सुधार ल्याउनेछ। यसअघि आरबीआई गभर्नर शक्तिकान्त दासले ‘क्यूआर’ कोडमा आधारित ‘कोइन भेन्डिङ मेसिन’ (क्यूसीभीएम) को पायलट प्रोजेक्टको शुभारम्भ गरेका थिए। आरबीआईले १२ शहरहरूमा क्युआर कोड आधारित सिक्का निकाल्ने मेसिनहरुको पायलट परियोजना शुरु गर्नेछ। यी सिक्का भेन्डिङ मेसिनहरूले युपीआई प्रयोग गरेर बैंक ग्राहकहरूको खाताबाट पैसा काटेर सिक्का उपलब्ध गराउनेछन्। अहिले उपलब्ध मेसिनमा बैंक नोट राखेर सिक्का निकालिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement