१२औँ अन्तर्राष्ट्रिय म्हाणी दुङ्सुर पूजाको शुभारम्भ

bb34b045-4319-435f-80e2-c2cb9c577a52


कालचिनीः अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको आयोजनामा बिहारको बोधगया स्थित पवित्र महाबोधी मन्दिर एवम् बोधीवृक्ष परिसरमा ५ दिनव्यापी म्हाणी दुङ्सुर पूजाको शुभारम्भ भएको जानकारी अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।

संघको अध्यक्ष तथा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये छ्योफेलको पूण्य उपस्थितिमा प्रायः ६०० भन्दा अधिक श्रद्धालुहरूको सहभागीतामा म्हाणी दुङ्सुर पूजा शुरु भएको र यस पवित्र पूजामा असम, दिल्ली, मनिपुर डुवर्स, दार्जीलिङ, सिक्किम आदि क्षेत्रबाट श्रद्धालुहरूको जमायत रहेको बताईएको छ।


आगामी १२ फरवरीसम्म सम्पन्न हुने म्हाणी दुङ्सुर पूजाको उद्देश्य विश्वशान्ति र भगवान बुद्धको शिक्षालाई सम्प्रेषण गर्न रहेको र यस अवसरमा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको पवित्र प्रवचन श्रद्धालुहरूले श्रवण गर्ने संघका महासचिव आचार्य सांग्ये छ्योफेलले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement