भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-1

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६१ करोड (९५.१९ करोड दोस्रो डोज र २२.८४ करोड सावधानी डोज) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ५०७ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या  १ हजार ७८१ रहेको  छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको स्वास्थ दर ९८.८१ प्रतिशत रहेको छl पछिल्लो २४ घण्टामा १११ जना निको भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ५१ हजार २१९ पुगेको छ। पछिल्लो २४ घण्टामा १०९ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर ०.०८% छ भने साप्ताहिक सक्रिय मामला दर ०.०८ प्रतिशत रहेको छl अहिलेसम्म ९१.६७ करोड जाँच गरिएको छ भने पछिल्लो २४ घण्टामा १,४१,२४८ जाँच गरिएको छl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement