पहिलो गोर्खे चेली महिला फूटबल टुर्नामेण्टः जीपीएफएसए कुचबिहार विजयी

IMG_20230209_184540.jpg

९ फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा जीपीएफएसए कुचबिहारले सेमिफाइनलमा स्थान बनायो। बिहीवार चानमारी खेल मैदानमा खेलिएको म्याचमा जीपीएफएसए कुचबिहारले कटिहारको ईगल एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुश्मिता सरकार र पायल पालले १-१ गोल गरिन्।

यसरी नै कटिहारको टीमबाट जोबा रोयले गोल गरिन्। म्याच हारे पनि ईगल एफसी-की सपना रोयलाई स्टार अव् द म्याच चयन गरियो। उनलाई अधिवक्ता सपना राई अनि विशाल भुजेलको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement