१६औं सुकना गोल्ड कप: नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेड क्वार्टर फाइनलमा

IMG_20230209_184515.jpg

९ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप डी-को म्याचमा आर्म्ड पुलिसले क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल भीम कोराले गरे। म्याचमा सीएनएफए-ले पनि गोल गर्ने मौका पाएको थियो। स्टपेज टाइममा सुरज कामतीले पेनल्टीबाट गोल गर्न सकेनन्। उनको स्पट किकमा आर्म्ड पुलिसका गोलकीपर बापी जमादारले दर्शनीय शेभ गरे। निर्णायक गोलको निम्ति विजेता टीमका भीम कोरालाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङ र रोयल फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement