दार्जीलिङ: शान्ती गाउँको बासिन्दाहरूले देखेको सपना एडवार्डसले विपनामा परिणत गरी दिए। टुङ सेन्टमेरी समष्टि अन्तर्गत पर्ने दिलारामको शान्ती गाउँका बासिन्दाहरूले विगत धेरै सालदेखि आफुहरूको गाउँमा बाटोको निर्माण होस भन्ने सपनाहरू देख्दै आई रहेका थिए तर सपना विपनामा परिणत हुन सकेको थिएन। पहाडमा धेरै राजनैतिक दलहरूको गठन भयो। धेरै नेताहरूको जन्म पनि भए, चूनावको अवधि धेरै नेताहरूले बाटोको निर्माण गरी दिने सपनाहरू देखाउँदै केवल झण्डा थमाउने कार्यहरू मात्र गएर तर कुनै राजनैतिक एंव नेताहरूले आफ्नो वचन पूरा नगरेको स्थानीय बासिन्दाहरूले बताए। स्थानीय बासिन्दाहरूले बताए अनुसार हाम्रो गाउँमा रात विरात विमार भएर अस्पताल पूराउँन परेको खण्डमा धेरै समस्या हुने गरेको बताउँछ।यस्ता समस्याहरूको कारणले गर्दा गाउँलेहरूले गाउँमा कच्चा रोड नै भए पनि हुन अति नै जरूरी रहेको गाउँलेहरूले बताउँदै आई रहेका थिए तर शान्ती गाउँको गाउँलेहरूको गुनासोलाई कुनै नेताले गम्भीरतासंग लिएको थिएन। गत केही महिना अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले शान्ती गाउँको भ्रमण गर्न आएका थिए। स्थानीय गाउँलेहरूले बाटो निर्माणको गुहार लगाएका थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले त्यति नै बेला बाटोको निर्माण गरी दिने वचन दिएका थिए। अजय एडवार्डसले आफ्नो पूरा गर्दै गत केही सप्ताह अधि बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिए अनि अहिले बाटोको खनन कार्य तीव्र रूपमा चली रहेको स्थानीय बासिन्दाहरूले बताएका छन। आगमी केही दिनभित्रमा नै दिलाराम शान्ती गाउँलाई मूल सडकसंग जोडने कार्य पूरा हुनेछ। मूल सडकसंग जोडने कार्य पूरा भएपछि स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई गाउँमा निम्ताउने अनि भब्य रूपमा स्वागत जनाउँने कार्य योजना भएको स्थानीय बासिन्दाहरूले बताएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पार्टी पोलिटिक्सदेखि माथि उठेर शान्ती गाउँमा बाटो खनन कार्य गरी दिएको छ। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको निस्वर्थ जन सेवा कार्यप्रति आभार जनाएको छ।