सिस्टमकाे कुरा गर्नेहरूले सिस्टमलाई पन्साए काम गर्ने हुदा श्रमिकहरूले दुख पाएको हो: जोइण्ट फोरम

IMG-20230209-WA0013.jpg

दार्जीलिङ: सिस्टमको कुरा गर्नेहरूलाई सिस्टमलाई पन्साएर काम गर्ने हुदा रम्बुक सिर्डर, पान्दाम, रागेरूङ, आलुबारी चिया बगानको श्रमिकहरूले दुख पाएको हो यो मनतब्य श्रमिक नेता डीके गुरूङले पोखेको हो। हिल जोइण्ट फोरमको नेतृत्वहरूको आज सामान्य भेटवार्ता भएको थियो। भेटवार्तापछि श्रमिक नेता डीके गुरूङले पत्रकारहरूसंगको कुराकानीमा गत ८ दिसम्बरको दिन जीटीए मुख्यलय लाल कोठीमा रम्बुक सिर्डर, रागेरूङ, पान्दाम, आलुबारी चिया बगानहरूलाई लिएर एउटा बैठक डाकेका थिए अनि आयोजित बैठकमा जीटीएको आफ्नै श्रम विभाग हुदा हुदै पनि श्रम विभागको अधिकारी समेतलाई ननिम्ताई सत्ता पक्षको श्रमिक संगठनको नेतृत्वहरू अनि श्री नारायणी कम्पनीको अधिकारीहरूलाई राखेर चारवटा चिया बगान हरूमाथि सम्झौता गरेका थिए। जोइण्ट फोरमले बैठक लाई गैरकानूनी ठहराउँदै बैठकदेखि अलग भएका थिए।

जीटीए मुख्यलय लाल कोठीमा भएको सम्झौतालाई राज्यको श्रम विभागले उचित नरहेको बताएका थिए। १२ दिसम्बरको दिन यहाँ अतिरिक्त श्रमायुक्त कार्यलयमा श्रम विभागले बैठक बोलाएका थिए। आयोजित बैठकमा पहाडको सवै श्रमिक संगठनहरूलाई निम्ताएका थिए अनि जोइण्ट फोरमको नेतृत्वहरूले पनि अंश ग्रहण गरेका थिए तर आयोजित बैठक सत्ता पक्षको श्रमिक संगठन दार्जीलिङ तपाई डुवर्स प्लान्टेशन वर्कर्स यूनियनको नेतृत्वहरूले जीटीए मुख्यलय लाल कोठीमा उनीहरूले गरेको सम्झौतालाई सही ठहराउँदै जोइण्ट फोरमको नेतृत्वहरू विरूद्व अपशब्दको प्रयोग समेत गरेका थिए।चिया बगान कुनै पनि योग्य कम्पनीले लिन सक्छ तर त्रिपक्षीय वार्ता एंव सम्झौताको अनुरूप लिने कार्य भए श्रमिकहरूले दुख पाउदैन भन्ने जोइण्ट फोरमको अडान थियो तर जोइण्ट फोरमको सुझाव र सल्लालाई अनदेखा गर्ने हुदा आज चिया श्रमिकहरूले दुख पाएको हो गुरूङले भने।पहाडको यी चारवटा चिया बगानहरूमा कार्यरत श्रमिकहरूले गत केही सप्ताह एंव महिनादेखि रोजी र बेतन नपाउँदा सत्ता पक्षको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियनले राज्यको श्रम मंत्री मलय घटकलाई गत २६ जनवरीको दिन एक पत्रचार गरेर बगान बन्द रहेको बताउँदै हस्तक्षेपको मांग गरेको छ। तर बगान बन्द छैन,बगानमा प्रबन्धक,कार्यलयमा कार्यरत कर्मचारी साथै श्रमिकहरूले काम गर्दै आई रहेको छ अनि यी विषयहरूलाई अवगत गराउँदै जोइण्ट फोरमको पक्षबाट गत ५ फरवरीको दिन राज्यको श्रम मंत्री मलय घटकलाई पत्रचार गरी सकेको गुरूङले बताए। सत्ता पक्षको श्रमिक संगठनको नेतृत्वहरूले आफुहरूले गरेको गलती आज जोइण्ट फोरमको थाप्लोमा हाल्ने काम गर्दैछ, उनीहरूले जोइण्ट फोरमले गर्दा केस भएको बताउँदै श्रमिकहरूलाई भ्रममा पार्ने काम गर्दैछ।ती चिया बगानहरूको लीज आज पनि बन्सल कम्पनीको नाममा छ। जीटीए मुख्यलयमा सम्पन्न भएको बैठकमा बगानको असली मालिक बन्सल कम्पनीलाई निम्ताएको थिएन साथै राज्यको श्रम मंत्रलय समेतलाई नबोलाई सम्झौता गर्ने हुदा आज यस्तो स्थिति सृजना भएको हो।बन्सल कम्पनीलाई उनीहरूलाई मात्र होइन जोइण्ट फोरमको अन्य श्रमिक संगठनहरूको नेतृत्वहरू एंव आफुहरू विरूद्व पनि नोटिस जारी गरेको जोइण्ट फोरमले बताएको छ। चिया बगानको श्रमिकहरूलाई सत्ता पक्ष श्रमिक संगठनको भ्रममा नपर्ने अनि सत्य के हो भन्ने विषयको खोजी गर्ने जोइण्ट फोरमले आहवान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement