गेजिङमा समावेशी भूमिमाथि अभिमुखी कार्यक्रम सम्पन्न

IMG-20230209-WA0000.jpg

गान्तोक: रिजर्व ब्यांक अफ इन्डियाको गान्तोक कार्यालयद्वारा जिल्लाका ब्लक लेभल अफिसरहरूका लागि ब्लक लेभल ब्यांकर्स कमिटीको वित्तीय समावेशी भूमिका सम्बन्धमा अभिमुखी कार्यक्रम आयोजन गऱ्यो। गेजिङमा आयोजित गरिएको कार्यक्रम जिल्लापाल यसी डी योङडाको अध्यक्षतामा भएको हो। कार्यक्रममा आरबीआई गान्तोकका प्रमुख महाप्रबन्धक किशोर परियार, प्रबन्धक राहुल वर्मा, सहायक प्रबन्धक अंशुमान पर्या, सहायक रिद्दिक थापा, उपसचिव आरडीडीको सहभागिता थियो। किशोर परियारले पावर पोइन्ट प्रस्तुतीकरण मार्फत कार्यशालाको उद्देश्यबारे बताए। उऩले वित्तीय समावेशीकरण र वित्तीय साक्षरता र तल्लो तहमा ब्लक स्तर बैंकर्स समितिको भूमिकाको बारेमा जागरूकता प्रदान गर्न जरुरी बताए। बैठकपछि समन्वयको लागि एक मञ्चको रूपमा काम गर्ने राज्यमा सञ्चालित सबै वित्तीय संस्थाहरूद्वारा ब्लक स्तरमा विकास कार्यक्रमहरू र जनता समर्थक योजनाहरू कार्यान्वयन गर्ने सुनिश्चित गर्ने बताए। उनले ब्यांकको कर्जा कार्यक्रम कार्यान्वयनमा सञ्चालनका मुद्दाहरूमा छलफल गर्न जिम्मेवारीमा जोड दिए र प्रत्येक योग्य व्यक्तिले सहज रूपमा बियांकिङ सुविधाहरू र यसका वित्तीय सेवाहरूमा सुनिश्चित गर्न ब्लक स्तरका अधिकारीहरूलाई प्रोत्साहित गरे। परियारले सबै वित्तीय लेनदेन र सेवाहरूको डिजिटलाइजेशनको महत्त्वको बारेमा कुरा गरे। परियारले बीडीओहरूलाई उनीहरूको अधिकार क्षेत्रका ब्यांकरहरूलाई ब्लकमा राष्ट्रिय र राज्य सरकारका योजनाहरूको फाइदाहरू प्राप्त गर्नका लागि प्रयोग गर्ने अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *