गान्तोक: राङका निवासी एक व्यक्तिले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। पुलिसले जानकारी गराए अनुसार राङका राई गाउँ निवासी बिनोद राईले आत्महत्या गरेका हुन्। उनी ६ फरवरीको दिनदेखि घरबाट लापत्ता भएका थिए भने ७ फरवरीको दिन उनलाई जंगलको एउटा रूखमा झुण्डिरहेको अवस्थामा फेला पारेको थियो। यस घटनाको सूचना पाउनसाथ पुलिसबल घटना स्थलमा पुगेर शवलाई आफ्नो अधिनस्थ लिँदै पोस्टमार्टमको निम्ति पठाएको छ। पुलिसले यस घटनालाई अप्राकृतिक ठहर गर्दै सीआरपीसीको धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।