लोकसभा सांसद इन्द्र हाङ सुब्बाले उठाए संसदमा आवाज

IMG-20230208-WA0108.jpg

गान्तोक। हालै सर्वोच्च न्यायालयले दिएको पर्यवेक्षण खण्डको निर्णयमा सिक्किमे नेपाली मूलका समुदायलाई विदेशी उल्लेख गरिएको लाञ्छनाविरूद्धको आवाज आज सड़कदेखि सदनसम्म गुञ्जियो। आज यसै सम्बन्धमा लोकसभा सांसद इन्द्रहाङ सुब्बाले संयुक्त सदनलाई सम्बोधन गर्दै सिक्किममा अहिलेको यो मुद्दालाई नै उठाउन गर्दै सिक्किमेली नेपाली भाषी समुदायका मानिसहरूलाई हालै मात्र सर्वोच्च न्यायालयले दिएको पर्यवेक्षण खण्डको निर्णयमा विदेशी भनी उल्लेख गरेको तथा नेपाली समुदायका मानिसहरूमाथि विदेशीको लाञ्छना लगाएको एकमात्र विषयलाई राख्दै यस विषयमा राज्य सरकार गम्भीर रहेको अनि केन्द्रले पनि यस विषयलाई गम्भीरता दिएर समाधानको दिशामा पहल गर्नुपर्ने विषयमाथि ध्यानाकर्षण गरे। उनले संयुक्त सदनमा बड़ो जोशका साथ नेपाली भाषामा नै सम्बोधन गर्दै सिक्किममा बसोबास गर्दै आएका नेपाली भाषी समुदायका मानिसहरूलाई विदेशी भनी उल्लेख गरेको विरोधमा आज सिक्किममा एकदिने बन्द डाकेको अनि सिक्किम राज्यसहित देशभरिका नेपाली भाषी समुदायबाट विरोधको आवाज बुलन्द बनेको सदनलाई अवगत गराए। उनले सिक्किममा बसोबास गर्ने नेपाली भाषीहरूलाई कुनै पनि हिसाबले विदेशी भन्न नमिल्ने बताउँदै सर्वोच्च अदालतले विदेशी भनेर उल्लेख गरेकोमा भर्त्सना गर्दछु भने। यो मुद्दा भनेको सिक्किमको मात्र होइन तर देशभरि नै बसोबास गर्ने नेपाली समुदायका मानिसहरूको हो भन्दै केन्द्र सरकार यस कुरामा गम्भीर हुनपर्ने आह्वान गर्दै सिक्किमे नेपालीको पहिचान बचाउने कुरामा सरकार प्रतिबद्ध बनीदिन आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *