जेएसीले डाकेको १२ घण्टे सिक्किम ऐक्यबद्धता बन्द शान्तिपूर्वक समाप्त

1b8e168a-b126-4c91-a16d-8eaf087f9b1b

गान्तोकः जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले आज डाकेको १२ घण्टे सिक्किम ऐक्यबद्धता बन्द शान्तिपूर्वक समाप्त भएको छ। बिहान ६ बजीदेखि शुरू भएको बन्द साँझ ६ बजी समाप्त भयो। सुप्रीम कोर्टले सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुट मामिलाको सन्दर्भमा सुनाएको फसेलामा सिक्किमे नेपाली समुदाय विरूद्ध गरिएका आपत्तिजनक टिप्पणीहरूको प्रतिवादमा बन्दको आह्वान गरिएको थियो। गत १३ जनवरी, २०२३ मा आएको फसेलाको अवलोकन भागमा सिक्किमे नेपाली समुदायलाई विदेशी/प्रवासी भनेर टिप्पणी गरिएको थियो।

जेएसीले सुप्रीम कोर्टमा आएको फसेलाको प्रतिवादमा आह्वान गरेको सिक्किम ऐक्यबद्धता बन्दलाई सिक्किमका सत्तारूढ्‌ पार्टी र प्रमुख विपक्षी पार्टीसहित सबै राजनीतिक दल अनि संघ-संस्थाहरूले समर्थन जनाएको थियो। बन्द अवधि आपातकालीन र आवश्यक सेवाहरू बाहेक राज्य अनि केन्द्र सरकारका कार्यालयहरू, निजी प्रतिष्ठानहरू, गाउँ-शहरका दोकानहरू, कारखानाहरू, यातायात कसैलाई दुट दिइएको थिएन्‌।

बन्द पालन सुनिश्चित गर्न जेएसीका कार्यकर्ताहरू ठाउँ-ठाउँमा खटिएका थिए। राजधानीका एकाध ब्याङ्कहरूमा काम भइरहेको थाहा पाएपछि जेएसीका कार्यकर्ताहरू त्यहाँ गएर ती ब्याङ्कहरू बन्द गराएका थिए। बन्द अवधि कतैबाट पनि अशान्ति भएको खबर प्राप्त भएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *