सिक्किम सरकारले राज्यमा सञ्चालित सरकारी अनि निजी वेबसाइटहरू जाँच गर्ने

Seal_of_Sikkim.svg_.png

गान्तोकः सिक्किम सरकारले राज्यमा सञ्चालित सरकारी अनि निजी वेबसाइटहरू जाँच गर्ने भएको छ। यस सन्दर्भमा एउटा ६ सदस्यीय कमिटी पनि गठन गरिएको छ। वेबसाइटहरूमा हालिएका विषयहरूले राज्यको शान्ति र सद्भाव नबिथोलियोस्‌ भन्ने सुनिश्चित गर्न यस्तो निर्णय लिएको बताइएको छ।

राज्य गृह विभागले गत ६ फरवरीको दिन जारी गरेको अधिसूचना अनुसार, वाणिज्य एवं उद्योग विभाग सचिव कर्मा आर. बोन्पोलाई कमिटीको चेयरमेन नियुक्त गरिएको छ। यसैगरी, आईपीआर विभागकी सचिव नम्रता थापा, सूचना प्रौद्योगिकी विभागका सचिव योगेन्द्र शर्मा, पर्यटन एवं नागरिक उड्डयन विभागका सचिव प्रकाश छेत्री र संस्कृति विभागका सचिव बसन्त कुमार लामालाई सदस्प चयन गरिएका छन्‌। गृह विभागका संयुक्त सचिव ए. रोशन रमेशलाई सदस्य सचिव चयन गरिएको छ।

कमिटीले अधिसूचना जारी भएको एक महिनाभित्र आफ्नो रिपोर्ट सरकारलाई बुझाउने छ।


Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *