सर्वोच्च अदालतले अन्यायमा परेका सिक्किमे नेपालीहरूलाई न्याय दिएको छ: भाजपा

Supreme-Court

गान्तोकः राज्यका पुराना व्यापारीहरूलाई आयकर छुट सम्बन्धी मुद्दामा आएको सर्वोच्च न्यायालयको फसेलामा सिक्किमे नेपालीहरूमाथि लगाइएको विदेशीको लाञ्छनालाई आज भारतको सर्वोच्च अदालतले मेटाइदिएको भारतीय जनता पार्टी (भाजपा) सिक्किमले बताएको छ। यस मामिलामा सिक्किमे जनभावनालाई कदर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा गृहमन्त्री अमित शाहको गम्भीर हस्तक्षेपपछि आज देशको सर्वोच्च अदालतले गत सोमवार केन्द्र सरकारद्वारा दायर पुनर्विचार याचिका अनि अन्य आवेदनहरूमाथि तत्काल सुनवाई गर्दै सिक्किमे मूलका नेपाली जातिमाथि लगाइएको लाञ्छनालाई निरस्त गरिदिएको प्रदेश भाजपाले विज्ञप्तिमा बताएको छ।

यस ऐतिहासिक क्षणमा प्रदेश भाजपाले सम्पूर्ण सिक्किमे जनतालाई बधाई दिँदै प्रधानमन्ती, केन्द्रिय गृहमन्त्री अनि कानूनमन्त्रीप्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गरेको छ। १३ जनवरी, २०२३ को दिन आएको सर्वोच्चको ‘फसेलालाई लिएर गत केही सातादेखि सिक्किममा उग्र विरोध एवं जनान्दोलन नै चलिरहेको छ। यसैबीच गत ५ ‘फरवरीको दिन भारतीय जनता पार्टीका नवनियुक्त प्रदेश अध्यक्ष एवं अप्पर बुर्तुक समष्टिका विधायक डीआर थापाको अगुवाईमा भाजपा विधायक दलका नेता एनके सुब्बा, वरिष्ठ विधायक अनि भाजपा राष्ट्रिय कार्यसमिति सदस्य डीटी लेप्चा, जोइण्ट एक्सन कमिटी अनि सिक्किमे नागरिक समाजका प्रतिनिधिहरूलाई लिएर केन्द्रिय गृहमन्त्री अमित शाहसित भएको महत्वपूर्ण बैठकपछि गृह मन्त्लालयले यस मुद्दालाई लिएर गम्भीर हस्तक्षेप गर्दै प्राथमिकताका साथ ६ फरवरीको दिन नै सर्वोच्च न्यायालयमा पुनर्विचार याचिका दर्ता गराएको बताएको छ। यसै याचिकामाथि सुनवाई गर्दै आज सर्वोच्च अदालतले अन्यायमा परेका सिक्किमे नेपालीहरूलाई न्याय दिएको प्रदेश भाजपाले बताएको छ। यस ऐतिहासिक जीतमा सम्पूर्ण सिक्किमे जनतालाई बधाई दिँदै जब-जब पनि सिक्किम अनि सिक्किमे जनताको अस्तित्वमाथि आँच पुऱ्याउने षड्यन्त्हरू हुन्छ तब-तब भारतीय जनता पार्टी सिक्किम र सिक्किमे अस्तित्वको रक्षाको निम्ति पर्खाल बनेर उभिने छ भनी सम्पूर्ण सिक्किमेली जनगणलाई भरोसा दिलाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *