सिक्किमेली नेपालीमाथिको विवादस्पद शब्द ‘विदेशी’ सर्वोच्च अदालतको फैसलाबाट हटाइने

Supreme-Court

नयाँ दिल्ली: सर्वोच्च अदालतको फैसलासँगै सिक्किमे नेपालीमाथि लागेको ‘विदेशी’ शब्द हटाइने भएको छ। यसका लागि अदालतले स्वीकृति दिएको छl  न्यायाधीश एमआर शाह र न्यायाधीश बीभी नगररत्नको अदालयले यो विवादास्पद टिप्पणी हटाउन सहमत भएको छ। वास्तवमा, १३ जनवरीमा सिक्किममा आयकर छुट सम्बन्धी मुद्दाको सुनुवाइको क्रममा, सर्वोच्च अदालतले सिक्किमका नेपालीहरूलाई ‘विदेशी’ भनेको थियो। बेन्चले आफ्नो आदेशमा भनेअनुसार केन्द्र र सिक्किम सरकारले अदालतको निर्णयका केही शब्दहरूमा स्पष्टीकरणको लागि समीक्षा याचिका दायर गरेको छ। यस रिट निवेदनमा सर्वोच्चको यो टिप्पणी आफ्नो आदेशको अंश नभएको भनिएको थियो।

सिक्किमेली नेपालीको सम्बन्धमा सर्वोच्च अदालतको फैसलालाई परिमार्जन गर्न केन्द्रीय गृह मन्त्रालयले पुनरावलोकन याचिका दायर गरेको छ। यस मामिलालाई ध्यानमा राख्दै केन्द्रीय गृहमन्त्री अमित शाह आफैंले सिक्किमका जनता भारतको अभिन्न अंग भएको बताएका थिए। सिक्किमका जनताको संवैधानिक प्रावधानको रक्षा गरिनेछ र सर्वोच्च अदालतलाई संवैधानिक प्रावधानहरू अनुरूप ‘सिक्किमी’ शब्द स्पष्ट गर्न अनुरोध गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *