मुख्यमन्त्री तामाङद्वारा प्रधानमन्त्री र गृहमन्त्री अमित शाहप्रति कृतज्ञता

Untitled-1-copy-11

गान्तोकः सुप्रीम कोर्टले सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुट मामिलाको सन्दर्भमा गत १३ जनवरी, २०२३ को दिन सुनाएको आफ्नो फसेलाको अवलोकन भागबाट सिक्किमे नेपाली समुदायलाई विदेशी/प्रवासी भनेर गरिएको टिप्पणी हटाएको छ। उक्त जानकारी मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्‌।

मुख्यमन्त्रीले सिक्किमे जनताको भावनालाई बुझिदिएर तत्काल यसको समाधान गरिदिएकोमा सुप्रीम कोर्टप्रति कृतज्ञता व्यक्त गरेका छन्‌। उनले भारतीय न्यायपालिकामाथि सिक्किमको आस्था अटुट रहेको र न्यायपालिकाप्रति सदैव आभारी रहने बताएका छन्‌। उनले फसेलामा सिक्किमलाई विशेष दर्जा प्रदान गर्ने धारा ३७१ एफ लाई अक्षुण्ण राखिएको पनि स्पष्ट गरेका छन्‌। मुख्यमन्त्री तामाङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहप्रति कृतज्ञता व्यक्त गरेका छन्‌। गृहमन्त्री शाहले सिक्किमको हात समाएको, ऐक्यबद्धता व्यक्त गरेको र समर्थन जनाएको बताएका छन्‌। यसै क्रममा उनले केन्द्रिय कानून मन्त्री किरण रिजिजुलाई पनि उनको अटल समर्थनको निम्ति कृतज्ञता व्यक्त गरेका छन्।

सिक्किम सरकारले यस मुद्दालाई शुरूदेखि नै अति गम्भीरताका साथ लिएको उनले बताएका छन्‌। मुख्यमन्त्रीले हामी हल्ला नगरि चुपचाप काम गर्न विश्वास गर्छौ भन्दै यस संवेदनशील मुद्दाबाट राजनीतिक फाइदा उठाउने काम नगरेको पनि स्पष्ट गरेका छन्‌। उनले अन्तरवार्ता दिनुभन्दा याचिकाको गुणक्तामाथि ध्यान केन्द्रित गरेर काम गरेको बताएका छन्‌।

मुख्यमन्त्रीले आफुमाथि विश्वास गर्ने प्रत्येक सिक्किमेप्रति धन्यवाद व्यक्त गरेका छन्‌। जनताकै समर्थन, प्रेम, विश्वासका कारण आफुलाई दिन-रात काम गर्न शक्ति मिल्ने गरेको उनले बताएका छन्‌। मुख्यमन्तीले हामी सबै परिवार हौं भन्दै सबैलाई एकजुट बन्ने तथा सिक्किमको खुशी, प्रगति र समृद्धिको निम्ति काम गर्न आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *