कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग आज जीटीए अनि यससित सम्बन्धित मुद्दाहरुलाई लिएर बैठक सम्पन्न भयो। सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले सबै कुरा गम्भीरतापूर्वक सुनेको जीटीएक मुख्य कार्यपाल अनित थापाले बताएका छन्l उनले बताएअनुसार बैठकमा ३१ बुँदे मुद्दा राखेका थिए। सो मुद्दाहरू जीटीएको सशक्तिकरण, बजेट, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका योजनाहरूलाई समेटेर राखेका थिए।