१६औं सुकना गोल्ड कप: दार्जीलिङ पुलिस क्वार्टर फाइनलमा

photocollage_202328185456330.jpg

८ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा दार्जीलिङ पुलिसले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप सी-को म्याचमा दार्जीलिङ पुलिसले सिलगढ़ीको आमुक्त परिवारलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगचुक तामाङले २ गोल गरे। यसबाहेक सिद्धान्त छेत्री र निसाकर राईले १-१ गोल गरे। यसरी नै आमुक्त परिवारबाट बिक्की थापाले १ गोल गरे। दार्जीलिङ पुलिसका वांगचुक तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने ग्रुप डी-को म्याचमा नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेड र क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement