सिलगढी: बागडोग्रा कलेज नजिकै एशियन हाइवे २ मा मोटरसाइकल दुर्घटनामा दुई कलेजका विद्यार्थीहरू गम्भीर घाइते भएका छन्। एशियन हाइवे २ मा बागडोग्रा कलेज नजिकै बुधबार चारपाङ्ग्रे सवारीसाधनलाई साइड दिने क्रममा मोटरसाइकल सडक डिभाइडरसँग ठोक्किएको हो। यस घटनामा मोटरसाइकलबाट खसेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। घटनालगत्तै स्थानीय बासिन्दा र बागडोगरा थानाका प्रहरी घटनास्थलमा पुगेर विद्यार्थीलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाए।