बन्दलाई एओएसएसको पनि समर्थन

img_1_1675791231654.jpg

गान्तोक: एसोसिएशन अफ् ओल्ड सेटलर्स अफ् सिक्किम (एओएसएस) ले पनि जोइन्ट एक्सन काउन्सिलद्वारा भोलि ८ फरवरीको दिन डाकिएको बन्दलाई समर्थन जनाएको छ। आज एउटा प्रेस बयान जारी गरेर एओएसएस महासचिव अमर अग्रवालले जानकारी दिएका छन्। यसैगरी, उनले धारा १० २६ एएए अन्तर्गत एओएसएसको केसको जजमेन्टमा आफ्नो तर्फबाट विदेशी भन्ने शब्द कहिल्यै प्रयोग नगरेको दाबी पनि गरेका छन्। तर, फसेलाको अवलोकन भागमा भने यो शब्द रहेको उनले बताएका छन्। उनले याचिकाकर्ताहरू अहिले दिल्लीमा रहेको र सकारात्मक परिणामका साथ अघि आउने बताएका छन्। उनले सुप्रीम कोर्ट समक्ष १३ जनवरी, २०२३ को जजमेन्टबाट आपत्तिजनक शब्दहरू हटाइदिने आग्रह गर्दै आवेदन दर्ता गरिएको बताएका छन्। उनले यस सम्बन्धमा भोलि सुनवाई भइरहेको पनि जानकारी गराएका छन्। उनले शान्तिपूर्ण बन्दलाई एओएसएसको समर्थन रहेको छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement