सिलगढी नगरनिगम बोर्डले एक वर्ष पुरा गर्यो, यसको रिपोर्ट कार्ड सार्वजनिक गरिने,

23-10-37-Capture4-5.png

सिलगढी: आगामी २२ फरवरीमा तृणमूल परिचालित नगरनिगम बोर्डले एक वर्ष पुरा गरेको अवसरमा कार्यक्रमको माध्यमद्वारा नगरनिगमले विभिन्न विकासमूलक कार्यको रिपोर्ट कार्ड प्रकाशित गर्नेछ। यस विषयलाई लिएर आज मेयर गौतम देवले सिलगढीका डेपुटी मेयर, मेयर परिषद, नगर कमिश्नर, काउन्सिलर तथा नगरनिगमका अन्य विभागका अधिकारीहरूसित एउटा बैठक गरे। उक्त बैठकमा रिपोर्ट कार्ड प्रकाशित गर्ने विषयलाई लिएर चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयरले भने, आगामी २२ फरवरीमा नगरनिगम बोर्डले एक वर्ष पुरा गर्नेछ त्यस दिन नगरनिगमको रिपोर्ट कार्ड प्रकाशित गरिनेछ। यसको साथै साथै यसै साताको शनिबार हुने टक टु मेयर कार्यक्रममा टक टु मेयरको रिपोर्ट कार्ड पनि प्रकाशित गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement