विशालकाय अजिङ्गर बाघडुग्राको कमलपुर चियाकमानबाट उद्धार

IMG_20230207_224707.png

बाघडुग्रा: बाघडुग्राको कमलपुर चियाकमानबाट विशालकाय अजिङ्गर उद्धार भएको छ। आज चियाश्रमिकहरूले कमान नजिकै बाँसघारीमा १५ फुट लामो अजिङ्गर देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा वन विभागका कर्मीहरू घटनास्थलमा पुगे। यसपछि स्थानीय मानिसहरूले नै उक्त अजिङ्गरलाई पक्रेर वन विभागलाई सुम्पिदिए। उक्त अजिङ्गरको शारीरिक जाँच गरेपछि जङ्गलमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement