दुइजना युवक २१ किलो चाँदीको गरगहनासहित पक्राउ

5079.jpg

सिलगढी :दुइजनालाई सिलगढी मेट्रोपलिटनको प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा वैध कागज नभएको आरोपमा बिहार लगिरहेको लाखौ रूपियाँको चाँदीका गहनाहरूसितै पक्राउ गरेको छ। पुलिस द्वारा पक्राउ गरिएकाहरूमा केशव कुमार शर्मा (२७) र शिवम सोनी (२६) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, गत राति प्रधान नगर थाना पुलिसले सादा पोशाकमा सिलगढी जक्सनस्थित बिहार बस स्ट्यान्डमा केशव र शिवमलाई देखेर सन्देह लागेपछि तिनीहरूको ब्याग छानबिन गर्दा २१ किलो चाँदीका गहनाहरू फेला पारे। यसपछि पुलिसले ती गहनाहरूको कागज माग्दा तिनीहरूले दिन नसकेपछि अपराधिक मामिला दर्ता गरेर केशव कुमार शर्मा र शिवम सोनीलाई पक्राउ गरेको बताइएको छ। आज तिनीहरू दुवैलाई पुलिसले सिलगढी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement