नक्सलबारी: २६ वटा गाई-गोरु नक्सलबारीको भारत नेपाल सिमानाबाट तस्करी गर्न अगावै उद्धार गरेको छ।जानकारी अनुसार नक्सलबारीको लालीजोत एसएसबी को ४१ बटालियनका जवानहरूले आज तस्करी गर्न अगावै २६ वटा गाई-गोरु उद्धार गरेको छ। नेपालबाट भारत प्रवेश गरिरहेको समय सिमानामा एसएसबी का जवानहरूलाई देखेर तस्करहरूले गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ भागेको एसएसबी सूत्रले जनाएको छ। एसएसबीका जवानहरूले उद्धार गरेको गाई-गोरू नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ।