खेल मैदान निर्माणलाई लिएर आज जिल्ला भवनमा जन सुनवाई सम्पन्न

Untitled-1-copy-10

‘मंगनः मंगनको पेन्टोकस्थित अप्पर जिमचुङ वार्डमा सार्वजनिक खेल मैदान निर्माणलाई लिएर आज जिल्ला भवनमा जन सुनवाई सम्पन्न गरियो। सडक एवं पुल विभागका मन्ती साम्डुप लेप्चाको अध्यक्षतामा आयोजित जन सुनाईमा जिल्ला अध्यक्ष, जिल्ला उपाध्यक्ष, जिल्लापाल, सम्बन्धित विभागीय अधिकारीहरू र वार्डका जनसाधारण उपस्थित थिए।

मन्ती लेप्चाले जन सुनवाई आयोजन गर्नुको महत्वमाथि बोल्दै जन सुनवाईमा स्थानीय मुद्दाहरूमाथि कुरा राख्न सकिने बताए। उनले यस परियोजनालाई लिएर आफ्नो योजना र उद्देश्यमाथि प्रकाश पारे। उनले निर्माणको ठेका पनि स्थानीय ठेकादारहरूलाई प्रदान गरिनु पर्ने विचार राखे। उनले मंगनमा वैकल्पिक खेल मैदानको खाँचो रहेको पनि बताए।

About Author

Advertisement