गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले गत १३ जनवरीमा सुनाइएको भारतको सर्वोच्च अदालतको फैसलाको सम्बन्धमा परामर्शको लागि नयाँ दिल्लीमा वरिष्ठ अधिवक्ता हरिश साल्वेलाई भेटे। बैठकमा सिक्किम विधान सभाका अध्यक्ष अरुण उप्रेती र पर्यटन तथा नागरिक उड्डयन तथा वाणिज्य तथा उद्योग मन्त्री बेदु सिंह पन्थ पनि उपस्थित थिए।
