मुख्यमन्तीले दिल्लीमा उपचाराधिन बिरामीहरूलाई सहयोग पनि प्रदान

5ttt-5

गान्तोकः मुख्यमन्ती प्रेमसिंह तामाङले सिक्किमबाट उपचारको निम्ति दिल्ली गएका बिरामी र बिरामीका आफन्तहरूलाई आज डीकेके भवनमा भेट गरे। यस भेट अवधि मुख्यमन्तीले दिल्लीमा उपचाराधिन बिरामीहरूलाई सहयोग पनि प्रदान गरे।

मुख्यमन्तीले आज दिल्लीको डीकेके भवनमा सिक्किमका ३८ जना बिरामी र उनीहरूका आफन्तसँग भेट गरेको जानकारी मुख्यमन्तीका प्रेस सचिव बिकास बस्नेतले प्रेस विज्ञप्तिमा दिएका छन्‌। मुख्यमन्ती आफ्नो दिल्ली भ्रमण अवधि जहिल्यै पनि बिरामीहरूलाई भेट गरेर सहयोग प्रदान गर्ने गरेको उनले बताएका छन्‌। मुख्यमन्त्रीको यस सहयोगको निम्ति बिरामी र बिरामीका आफन्तहरूले खुशी व्यक्त गर्दै कृतज्ञता व्यक्त गरेका छन्‌।

प्रेस सचिव बस्नेतले मुख्यमन्तीले सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको लाज्छन सधैंको निम्ति मेटाउने पहल गर्दै केन्द्रिय मन्त्री एवं नेताहरूसँग भेट गरेको जानकारी गराएका छन्‌। यस सन्दर्भमा केन्द्र सरकार र नेताहरूबाट पनि सकारात्मक आश्वासन प्राप्त भएको उनले बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement