८ फरवरी ‘सिक्किम ऐक्यबद्धता बन्द’ “को आह्वान

5ttt-4

गान्तोकः जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले भोलि ८ फरवरी ‘सिक्किम ऐक्यबद्धता बन्द’ “को आह्वान गरेको छ। जेएसीले यो बन्द कुनै सरकार अथवा समुदाय विरूद्ध नरहेको स्पष्ट गर्दै यो बन्द केवल सिक्किमको निम्ति रहेको स्पष्ट गरेको छ।

जेएसी अध्यक्ष शान्ता प्रधानले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा ८ फरवरी सिक्किम पूर्णरूपमा बन्द रहने घोषणा गरे। उनले बन्दका कारण धेरैलाई समस्या हुन सक्छ भन्दै भोलि एक दिन सबैलाई समर्थन गरिदिन आह्वान गरे। उनले यो बन्द सिक्किम सरकार, भारत सरकार अथवा कुनै समुदायको विरोधमा नरहेको स्पष्ट गर्दै यो बन्द पूर्णरूपमा सिक्किमको निम्ति रहेको बताए। अध्यक्ष प्रधानले शुरूमा बन्दको दिन न्याली पनि गर्ने निर्णय लिइएको, तर यसमा केही फेरबदल गर्दै अब ऱ्याली नगर्ने निर्णय लिइएको जानकारी गराए। उनले जेएसीका स्वयंसेवकहरूलाई कुनै पनि स्थितिमा कानून आफ्नो हातमा नलिन अपील गरे। कसैले बन्दको विरोध गन्यो भने पनि उनीहरू सिक्किम विरोधी रहेछन्‌ भन्ने सोचेर चुप लागेर बस्र उनले सुझाउ दिए। यदि बन्दका कारण फार्मा कम्पनीहरूले आफ्ना कर्मचारीहरूको तलब काट्यो भने त्यसलाई सिक्किम विरोधी कार्य ठहर गर्ने पनि उनले बताए।

प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानले भोलि बिहान ६ बजीदेखि साँझ ६ बजीसम्म आपातकालीन सेवाहरू छाडेर राज्य अनि केन्द्र सरकारका सबै कार्यालयहरू, शहर-बजारका दोकानहरू, निजी प्रतिष्ठानहरू, वाहनहरूको आवागमन पूर्णरूपमा बन्द रहनेछ भनी स्पष्ट पारे। एक अज्य प्रश्नको जवाफमा जेएसीका सदस्य पासाङ शेर्पाले ओल्ड सेटलर्स एसोसिएशन अफ्‌ सिक्किम (एओएसएस) सँग आज बेलुकीसम्म बन्दलाई लिएर आफ्नो अडान स्पष्ट गर्ने समय रहेको बताए। एओएसएसले बन्दलाई समर्थन नजनाएको खण्डमा उनीहरू पक्कै सिक्किम विरोधी र दोषी हुन्‌ भन्ने साबित हुनेछ भनी उनले बताए।

‘यस अतिरिक्त, उनले भोलि सिक्किम विधानसभाको पाँचवटा वाहनलाई भने चलाचलको निम्ति छुट रहेको जानकारी गराए। उनले९ फरवरीको दिन प्रस्तावित विधानसभाको विशेष सत्रलाई ध्यानमा राख्दै सो छुट प्रदान गरिएको बताए। यसैगरी, जेएसीका सदस्य डीएन नेपालले मानिसहरूमा फैलिएको भ्रमलाई स्पष्ट गर्दै सिक्किमेहरू पीडित हुन्‌ र जेएसीले आफ्नो काम गरिरहनेछ भनी बताए। उनले बन्द मात्र होइन, तर बन्दपछि पनि अन्य कार्यक्रमहरू सुचारू रूपमा चल्ने बताए। उनले भने, कोर्टले कोर्टको काम गर्छ, सरकारले सरकारको काम गर्छ। हामी हाम्रो काम गरिरहने छौ, जनता यस कुरामा भ्रममा पर्ने काम छैन। हामी विरोध-प्रतिवाद जारी राखे छौँ। उल्लेखनीय छ, एओएसएसले आयकर छुटको माग गर्दै सुप्रीम कोर्टमा दर्ता गरेको याचिकाको गत १३ जनवरी, २०२३ मा फसेला आएको छ। सुप्रीम कोर्टले एओएसएसको पक्षमा फसेला सुनाएको छ, जसलाई सबैले स्वागत (पनि जनाएको छ। तर, उक्त फसेलाको अवलोकन भागमा सिक्किमे नेपाली समुदायलाई विदेशी मूलका रैथाने भनेर टिप्पणी गरिएको छ, जसलाई लिएर सिक्किममा विरोध चर्किएको छ। यसै क्रममा जेएसीले सो बन्द छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement